सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
कृषि

संकटमा रैथाने बाली, ९५ प्रतिशत आयातित बीउको प्रयोग

चिसो, सुख्खा खडेरी सहन सक्ने जस्ता गुण भएकाले रैथाने बाली जोगाउन विज्ञहरुको सुझाव
बिहीबार, २३ कात्तिक २०८०, ०६ : ३४
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । नेपालमा पाइने बहुमहत्वका रैथाने बाली संकटमा परेका छन् । यहाँको उत्पादनमा प्रयोग हुने बीउ करिब ९५ प्रतिशत आयतित रहेकाले रैथाने बाली संकटमा परेका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)काअनुसार मुलुकभरका५० प्रतिशत रैथाने बालीका जात लोप भइसकेका छन् । 

कृषि उपजको उत्पादन बढाउनका लागि बालीको विकासे जातको प्रयोग गरिएकाले रैथाने बालीओझेलमा पर्ने क्रम बढेको जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा. बालकृष्ण जोशीले बताए । 

‘मुलुकभर खाद्यान्न, कोशेबाली, फलफूल, फूललगायत ३० हजार प्रकारको प्रजातिको रैथाने बाली छ ।’उनले भने, ‘हामीसँग ५० प्रतिशतरैथाने बालीबाँकी नै छ ।तर,यी बाली पनि अधिकांश संकटमा परेका छन् ।’ 

किन संकटमा?
परम्परागत रुपमा सदियौंदेखि कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । यसबाट उच्च खडेरी र चिसो, कम मात्रामा मलजल भए पनि उत्पादन लिन सकिन्छ । 

चिनो, कागुनो, फापर, उवा, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीय स्तरमा नै पाइने विभिन्न प्रजातिका फलफूलका बालीलाई रैथाने भनेर बुझ्न सकिन्छ । 

मुलुकमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा गरिने खेतीपातीमा प्रयोग हुने बीउमध्ये ९५ प्रतिशत आयातित प्रयोग हुन्छ । रैथाने बाली संकटमा पर्नु र लोपहुँदै जानुमा मुख्य गरी आयातित विकास र हाइब्रिड जातबीउलाई प्राथमिकता दिनु वैज्ञानिक डा. जोशीले बताए ।

‘व्यवसायमुखी खेतीगर्नेले बढी उत्पादनलिनविकासे र हाइब्रिड जातलाई प्राथमिकता दिन्छन्,’ उनले भने, ‘यसका साथै आर्थिक र दक्ष जनशक्ति अभाव हुनुले रैथाने बाली संकट परेकोहो ।’ 

रैथाने बालीको उत्पादन लागत बढी लाग्ने र बजार नपाउने भएकाले किसानले रैथाने बालीको खेतीगर्न छोडेकोकृषि अभियन्ता तिलक ढकाल बताउँछन् ।

‘हामीले किसानहरुसँग अन्तरक्रियागर्दा सतप्रतिशतले रैथाने बालीलगाउन छोडेका छन्।’ ढकालले भने, ‘रैथाने भन्दाहाइब्रिड बीउबाट बढी उत्पादनहुने भएकाले त्यस्तो बीउ प्रयोग गरेका हुन् ।’

किन जोगाउने रैथाने बाली?
नेपालमा समुद्र सतहबाट करिब ६० मिटरदेखि ५ हजार मिटर उचाईसम्म रैथाने बाली पाइन्छ । पानी र मल कम भए पनि रैथाने बालीबाट उत्पादन लिन सकिन्छ ।

रैथाने बालीमा सुख्खा, खडेरी, बढी तापक्रम, किरा र रोग सहन सक्ने क्षमता बढी हुन्छ । त्यसैले,तीबाली जोगाउनुपर्ने बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउँछन् ।

जलवायु परिवर्तनका कारणले सुख्खा, खडेरी, बढी तापक्रम जस्ता समस्या बढ्दै गएका छन् । हाइब्रिड, उन्नत, विकासे जातको बीउजलवायु परिवर्तको मौसम खप्नन सक्ने देखिन्छ । जबकि रैथाने बालीमा सुख्खा, खडेरी, बढी तापक्रम, किरा र रोग सहन सक्ने क्षमता बढी हुन्छ । त्यसैले,तीबाली जोगाउनुपर्ने बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउँछन् ।

‘रैथाने बालीवातावरणमैत्री हुन्छ,’ उनले भने,‘ती बालीबाट सुख्खा, खडेरीमा, बढी तापक्रममा पनि उत्पादनलिन सक्नुका साथै अन्यको तुलनामा किरा र रोग सहन सक्ने क्षमता बढी हुन्छ।’

डा.श्रेष्ठका अनुसार रैथाने बालीले खाद्य सुरक्षा, पोषण सुरक्षा, स्वास्थ्य सुरक्षा, वातावारणीय र व्यवासायिक क्षेत्रमा टेवासमेत पुर्याउँछ । ‘खाद्यान्नमा परानिर्भरता बढ्दै जाँदाखाद्य संकट पर्ने देखिन्छ,’ उनले भने, ‘अन्यबालीको तुलनामा रैथानेमा बढी पोषण पाइन्छ । खाद्य सुरक्षागर्न रैथाने बालीजोगाउनुपर्छ ।’ 

रैथानेबालीमाठाउँ विशेष पहिचान हुन्छ । नेपाली पनको पहिचानका लागि पनि रैथाने बाली जोगाउनुपर्ने उनको जोड छ ।‘रैथाने बाली पहिचानसँग जोडिएको छ,’ उनी भन्छन्, ‘रैथाने बाली संरक्षण गर्न सके पहिचानजोगिन्छ ।’

कसरी बचाउने रैथाने बीउ?
मुलुकभर खाद्यान्न, कोशेबाली, फलफूललगायत ३० हजार प्रकारको प्रजातिका रैथाने बाली रहेको जीन बैंकले जनाएको छ । यी रैथाने बाली संरक्षणका लागिनीतिगत रुपमै लाग्नु पर्नेडा. श्रेष्ठको सुझाव छ । 

‘समयअनुसार हाल बजारमाअधिक माग हुने खाने परिकार रैथाने बालीबाट तयार गर्न सकिन्छ ।’उनले भने, ‘रैथानेबालीबाट कुकिज, पिजा, भुजा, मःमलगायत विभिन्न परिकार बनाउन सकिन्छ ।’

उच्च माग भएका खाने परिकार रैथाने बालीबाट तयार गर्न सके किसानले मूल्य पाउनुका साथै पोषणमा सुधार हुने उनले बताए । ‘स्कुलमा दिवाखाजामा अनिवार्य रैथाने बालीको खाजा, सार्वजनिक कार्यक्रम पनि रैथाने परिकार उपभोग गर्ने गर्नुपर्छ,’उनले भने,‘रैथाने बालीलाई प्रर्वद्धन र विकासका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुपर्छ ।’ 

रैथाने संरक्षणका लागि पहल
रैथाने बाली जोगाउन सरकारी र निजी स्तरबाट विभिन्न कार्यक्रम सञ्चालित छन् । रैथाने बाली संरक्षणका लागि मुलुकका विभिन्न स्थानमा ७५ वटा सामुदायिक बीउ बैंक स्थापना गरिएको छ । 

तीबीउ बैंकले सामुदायमा रहेका रैथाने बाली साटासाट गरी प्रयोग गर्ने र लोप हुने संकटमा रहेका बालीजीन बैंकमा संरक्षणका लागि पठाउने बैंकका प्राविधिकअधिकृत तथाबाली प्रजनन् वैज्ञानिक डा. मुकुन्द भट्टराईले बताए । 

‘तीबीउ बैंकबाट किसानसँग भएको रैथाने बालीको दुई सेट संकलन हुन्छ,’ उनले भने, ‘एक सेट केन्द्रीय बैंकमा सधैँकालागि जम्मा हुन्छ भने अर्को सेट स्थानीय बैंकमा रहन्छ, जुन किसानले लगाउन प्रयोग हुन्छ ।’

मुलुकभरका ७ सय ५३ स्थानीयतहमध्ये १ सय ३३ पालिकामा रैथाने बाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम सञ्चाल नगरिएको बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । जसमध्ये रैथाने बालीप्रवद्र्धनका लागि १ सय ६ पालिका र २७ वटा पालिकामा जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालनमा छन् । 

यस्तै,संयुक्त राष्ट्रसंघले यो वर्ष (२०२३)लाई विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमाम नाइरहेको छ । 

रैथाने बालीको उत्पादन बढाउन प्रोत्साहनगर्न बीउ उपलब्ध गराउने, गोठ सुधार, प्राङ्गारिक र गोठे मलप्रयोग गर्ने, खेती प्रविधि तालिम दिने लगायत कार्य भइरहेको केन्द्रले जनाएको छ । 

रैथाने बालीको उत्पादनलागत बढी हुने भएकाले १ सय ३३ पालिकाले तोकेको क्षेत्रमा खेती गर्दा प्रतिहेक्टर १८ हजार र प्रति रोपनी ९ सय रुपैयाँ अनुदान पाउने प्रमुख श्रेष्ठले बताए । उत्पादित बाली बिक्रीमा किसानलाई प्रतिकिलो ३ रुपैयाँ र कम्पनीलाई २ रुपैयाँ अनुदानदिने गरिएको छ । 

यस्तै, रैथाने बाली बजारीकरणका लागि रैथाने हाटबजारहरु पनि सञ्चालित छन् । 

११ हजार बढी बीउ सय वर्षकालागि संरक्षण
राष्ट्रिय कृषिआनुवंशिक स्रोत केन्द्र (जीन बैंक)मा करिब १ सयदेखि १ सय ५० वर्षसम्म बीउ संरक्षण गर्न सकिने वैज्ञानिक डा. भट्टराईको भनाई छ । 

उनकाअनुसार दुईत रिकाले बीउ संरक्षण गरिएको छ । एकथरी अध्ययन र अनुसन्धानका लागि१५ देखि २० वर्षसम्म बीउ संरक्षण गरिएको छ भने अर्को लोप हुन नदिनका लागि बढीमा१ वर्ष लागि । 

जीन बैंकको तथ्याङ्कअनुसार अत्यन्तै चिसो, सुख्खा खडेरी सहनसक्ने जस्ता गुण भएको कागुनो, चिनो, कोदो, उवा, स्थानीय धान लगायतका विभिन्नरैथाने बालीको ११ हजार २ सय ४८ बीउ संरक्षण गरिएको छ ।

‘१५ देखि २० वर्षसम्म संरक्षण गरिएको बीउअध्ययन र अनुसन्धानमा प्रयोग गरिन्छ,’ उनले भने, ‘जसलाई मध्यकालीन बीउ भनिन्छ, यसबाट बीउरिजेनेशन गर्ने, अध्ययनतथा अनुसन्धान गरिन्छ ।’

जीन बैंकको तथ्याङ्कअनुसार अत्यन्तै चिसो, सुख्खा खडेरी सहनसक्ने जस्ता गुण भएको कागुनो, चिनो, कोदो, उवा, स्थानीय धान लगायतका विभिन्नरैथाने बालीको ११ हजार २ सय ४८ बीउ संरक्षण गरिएको छ । संरक्षणका प्रक्रियामा रहेकाबीउ ५ हजार रहेको वैज्ञानिक डा. भट्टराईले बताए । 

‘हालै मात्र हुम्लाबाट कागुनो, कोदो, फापर, मुराली मकै लगायतका विभिन्न रैथाने बाली संकलन गरेका छौं,’ डा. भट्टराईले भने,‘तराई क्षेत्रमा२० वटाप्रजातिका जंगली धान संकलन गरेका छौं ।’ 

यस्तै, अदुवा, लसुन, बेसार, पिडालुलगायत रिजेनेरेशन गर्न मिल्ने बीउ २ हजार संरक्षित छन् । ती बीउ कुनै शुल्क नलिएर किसान, अध्ययनकर्ता र अनुसन्धानकर्तालाई करिब १ सय ग्रामदेखि २सय ग्रामसम्म उपलब्ध गराईने बैंकको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप