अस्पताल बनाउन नासों गाउँपालिकालाई दिए गुरुङले निःशुल्क जग्गा

पोखरा । मनाङको नासों गाउँपालिकामा अस्पताल निर्माण गर्न एक व्यक्तिले जग्गा दान गरेका छन् । पालिका अध्यक्ष धनबहादुर गुरुङको विशेष पहलमा स्थानीय डा. देवीजंग गुरुङले जग्गा दान गरेका हुन् ।
नासों ५ थोंचे स्थित उक्त जग्गा हिमालयन फ्यामिली हेल्थकेयर प्रोजेक्जको नाममा थियो । ६ रोपनी ११ आना मध्ये ५ रोपनी जग्गा पालिकालाई निःशुल्क दान गरेका हुन् । मनाङमा जन्मिएर अमेरिका बस्दै आएका उनले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार ७५ लाख हाराहारी पर्छ । गाउँपालिकाले ५ शैय्याको अस्पताल निर्माण गर्ने क्रममा छ ।
तर जग्गा नभएका कारण अस्पताल बन्न सकेको थिएन । हिमालयन फ्यामिली हेल्थ केयर प्रोजेक्टका संस्थापक तथा कार्यकारी निर्देशक समेत रहेका गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मेल खाने गरि पालिकाले काम गर्न लागेकोले जग्गा उपलब्ध गराएको बताए ।
‘हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेर राखेका थियौं । अहिले पालिकाले पनि अस्पताल बनाउन लागेको छ,’ उनले भने, ‘सानो ठाउँमा फरक फरक अस्पताल बनाउनु भन्दा एकीकृत रुपमा बनाए राम्रो हुन्छ ।’
पालिका अध्यक्ष गुरुङले जग्गा निशुल्क उपलब्ध गराएकोमा संस्था र निर्देशकलाई धन्यवाद दिएका छन् । ‘लामो प्रयासपछि जग्गा प्राप्त गरेका छौं । अब डीपीआर गरेर निर्माणको प्रक्रिया थाल्छौं,’ उनले भने, ‘हाम्रो अभियानमा साथ दिनुभएकोमा उहाँहरुलाई ९दानवीर० धेरै धन्यवाद व्यक्त गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाको चहलपहलदेखि शृङ्गारपटारसम्म
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन