मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

बुधबार, २२ कात्तिक २०८०, २१ : ०४
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । आज २०८० कार्तिक २२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

नेपालीहरूलाई देखिने मुख्य स्वास्थ्य समस्याहरु

नेपालमा सबैभन्दा धेरै बिरामी ग्यास्ट्राइटिसका भएको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–०८० मा सङ्कलन गरिएको उक्त तथ्याङ्कले एक वर्षमा ७५ लाखभन्दा बढी बिरामी ओपीडीमा उपचारका लागि पुगेका छन् । ती बिरामीलाई ९ प्रकारका स्वास्थ्य समस्याले सताएको र तीमध्ये सबैभन्दा धेरै ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) का बिरामी अस्पतालको ओपीडीमा पुगेको पाइएको छ । 

पूर्वसांसद आलमको मुद्दामा

राजपुर बम विस्फोट काण्डका आरोपी तत्कालीन सांसद एवं नेपाली नेपाली कांग्रेसका नेता महोम्मद आफताब आलमको मुद्दा १५ दिनपछि सरेको छ ।  रौतहट जिल्ला अदालतबाट बुधवार न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले दुई बुँदे आदेश दिएसँगै मुद्दा १५ दिनपछि सरेको हो ।

बारको पुनः आपत्ति

उच्च अदालतका न्यायाधीशहरूको रोल क्रममा फेरबदल ल्याउने गरी भएको न्याय परिषद् नियमावली संशोधनमा नेपाल बार एसोसिएसनले पुनः आपत्ति जनाउँदै प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । बुधवार बारले प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै माग पूरा नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको हो । 

गणतन्त्रमाथि कसले बोल्यो धावा ?

कर्णाली प्रदेशको जाजरकोटमा विनाशकारी भूकम्प गएको छेको पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १२ बुँदे पक्षधर दलहरूको बैठक बोलाए । प्रधानमन्त्रीले बैठकमा व्यवस्थामाथि विभिन्न कोणबाट छिटफुट प्रहार भइरहेको जानकारी गराएका थिए । व्यवस्था विरोधी शक्तिलाई परास्त गर्न उनले प्रतिपक्षी दल एमालेसहितको साथ खोजेको सहभागी नेताहरूले बताएका छन् ।

पाटनमा लफडा

 प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाको सत्यतथ्य विवरण संकलन गरी अनुसन्धानको काम भइरहेकाले स्वास्थ्य सेवा ठप्प नपार्न अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई आग्रह गरेका हुन् ।

बन्यो संसदीय समिति

कोशी प्रदेशसभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन ।  प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकरी दिएकी हुन् । 

भिजिट भिसामार्फत दुबई

भिटिज भिसाको नाममा दुबई केन्द्र बनाएर युरोप तथा अन्य मुलुक पठाउने गिरोह सक्रिय छन् । उनीहरूको प्रलोभनमा परेर ठगिने क्रम पनि निरन्तर बढ्दो छ । त्यसमा पनि धेरैजसो महिलाहरू छन् । उनीहरूलाई दुबईसम्म भिजिट भिसामार्फत लैजाने र त्यहाँबाट ओमान, कुवेत, बहराइन लगायतका मुलुकमा पठाउने गरेको देखिन्छ ।

 निर्णय कार्यान्वयन कहिले ?

 राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकले गरेका निर्णय अझै कार्यान्वयन चरणमा पुगेको छैन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बैठकले विभिन्न १० वटा निर्णय गरेको थियो । गत भदौमै सम्पन्न बैठकले नागरिकका संवेदनशील विषय, कृषियोग्य भूमि, बेरुजु, अर्थतन्त्रका समस्या लगायत विषयमा समिति बनाएर प्रतिवेदन बुझाउन भनिएको थियो । तीन महिना बित्न लाग्दा पनि अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन ।

नेपालीहरूलाई देखिने मुख्य स्वास्थ्य समस्याहरु

उखु र गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण हुन सकेको छैन । बालीको उत्पादन लागतको तथ्याङ्क विश्लेषण नभइसकेकाले उखु र गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसकेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप