कर्णाली प्रदेश योजना आयोगको टिम जाजरकोटमा
_3ylZa8sgWQ.jpg)
जाजरकोट । भूकम्पबाट जनधनको क्षति व्यहोरेको जाजरकोटमा कर्णाली प्रदेशको योजना आयोगको टिम स्थलगत अनुगमनमा आएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीलगायत योजना आयोगको टिम जाजरकोट पुगेको हो । आयोगको टिमले भूकम्पबाट क्षति व्यहोरेको जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा स्थलगत अध्ययनमा पुगेको मन्त्री शाहीले जानकारी दिए ।
घर निर्माणको मोडालिटीका विषयमा अध्ययन गर्नेका लागि उक्त टिम जाजरकोट आएको हो । क्षति विवरणस्थलगतरुपमै लिनका लागि पनि आयोगको टिम जाजरकोट आएको आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले बताए ।
ऊर्जामन्त्री स्थलगत अध्ययनमा
जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई भेट्न र क्षतिको विवरण अध्ययन गर्न स्थलगतरूपमा भेरी, नलगाड र बारेकोट गाउँपालिकामा गएका छन् ।
राहतस्वरुप पठाएको सामग्री पीडितसम्म नपुगेको गुनासो आएपछि मन्त्री बस्नेत स्थलगतरूपमा बुझ्न गाउँ गएका हुन् । मन्त्रीसँगै सुरक्षा अधिकारीसमेत गएका छन् । आज बिहान भेरी र नलगाडको अध्ययन भएको प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश
-
निजामती ऐन माग गर्दै सभामुखलाई ज्ञापन पत्र
-
पासपोर्ट नवीकरण सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री