प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।
सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड उपलब्ध गराउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम