नरहा गाउँपालिकाका वडा अध्यक्षहरूद्वारा आन्दोलनको चेतावनी

सिरहा । सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले सात दिनभित्र आफ्ना मागहरू पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । पालिकाको वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ नम्बर वडाका अध्यक्ष रामविलेक्षण यादव र ५ नम्बर वडाका अध्यक्ष हुकुमदेव यादवले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
उनीहरुले आर्थिक वर्ष २०७९–८० को आय व्यय विवरण पेस गर्नुपर्ने, प्रत्येक वडामा एक जना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग अघि सारेका छन् । वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिना अघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए ।
उनले भने, ‘नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च दिइएको छैन ।’ कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको उनले बताए । उनले थपे, ‘हामीले ताली ठोकेर गाउँ परिषद् गरिदिएका छौँ, कार्यक्रमहरू बनेको छ । कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ ।’
कार्यक्रम नसकिँदै, कुन–कुनको भुक्तानी दिन बाँकी रह्यो भन्ने नआउँदै निर्णय लेख्नु गलत भएको भन्दै यस विषयमा कार्यालय प्रमुखले जवाफ दिनुपर्ने बताए । तीन जना वडा अध्यक्षहरूले आफूहरूको माग एक सातामा पुरा नभए पालिका कार्यालयको गेटमै बसेर कामकाज ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चालन गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम