चीनमा एकपछि अर्को गर्दै सीईओहरू 'बेपत्ता'

बेइजिङ । चीनको लाइभ स्ट्रिमिङ सेवा प्रदायक दोउयुका ३९ वर्षीय सीईओ चेन शाओजेई बेपत्ता भएका छन् । हालैका दिनमा चीनमा रहस्यमय तरिकाले हाई–प्रोफाइल कार्यकारीहरू गायब भइरहेका छन् । यो सूचीमा नयाँ नाम हो प्रविधि कम्पनी टेन्सेन्टले समर्थन गरेको सो कम्पनीको सीईओ चेन । हालैका केही दिनयता उनलाई सम्पर्क गर्न सकिएको छैनन् । अपुष्ट खबरका अनुसार चेन छानबिनको दायरामा छन् । उनी करिब तीन हप्तादेखि बेपत्ता छन् ।
उनलाई कुन नियामक वा अधिकारीहरूले अनुसन्धानमा राखेका हुन् भन्नेबारे पनि समाचारहरूमा केही खुलाइएको छैन । आफ्नो व्यवसाय सामान्य तवरले नै चलिरहेको कम्पनीले बताएको छ ।
यो घटनाबारे नयाँ जानकारी वा गतिविधि हुने बित्तिकै बताउने कम्पनीले बताएको छ । चेन यस अघि अगस्टको अन्त्यमा कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने बेलामा सार्वजनिक स्थलमा देखिएका थिए । दोउयुलाई एमाजनको ट्विच सेवाको चिनियाँ भर्सनको रुपमा हेरिन्छ । चीनमा यसरी एक्कासि बेपत्ता हुने हाई प्रोफाइल कार्यकारीमा चेन एक्लै छैनन् । सरकारले भ्रष्टाचार विरोधी अभियान कसिलो पारेसँगै वित्तीय र प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एक पछि अर्को गर्दै चपेटामा आइरहेका छन् ।
चीनको भ्रष्टाचार विरोधी नियामकले चीनको चार ठुला बैङ्क मध्ये एक इन्डष्ट्रियल एन्ड कमर्शियल बैङ्क अफ चाइना (आईसीबीसी)का पूर्व वरिष्ठ कार्यकारी जाङ होङ्लीमाथि छानबिन गरिरहेको शनिबार एउटा विज्ञप्तिमा भनेको थियो । जानले भ्रष्टाचार गरेको आशङ्का गरिएको छ । मेमा चीनको स्टार लगानी बैंकर बाओ फान पनि पक्राउ परेका थिए । यो वर्षको अहिलेसम्मको अवधिमा भ्रष्टाचार विरोधी निकायले महत्त्वपूर्ण वित्तीय सङ्घ संस्थाका एक दर्जन भन्दा धेरै अधिकारीहरूमाथि छानबिन गरिसकेको छ । कुनै बेला चीनका सबैभन्दा धनाढ्य तथा रियल ईटेट कम्पनी एभर ग्रान्डेका अध्यक्ष सु जियायिन पनि प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ