दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट
बुधबार, २२ कात्तिक २०८०, १६ : २५
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो ।
ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम रु २,०००र– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम रु २,५००र– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० कार्तिक २५ देखि २०८० मङ्सिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन