संवेदनशील विषय कसको सल्लाहमा बोल्छन् गृहमन्त्री थापा ?
काठमाडौं– रामबहादुर थापा बादल गृहमन्त्री भएको ३६ दिन पूरा भएको छ । त्यही ३६ दिनको बीचमा उनले बोलेका कतिपय कुरा प्रचार मात्रै त हैन ?’ भन्ने आशङ्का उत्पन्न हुने खालका छन् ।
सोमबार गृहमन्त्री बादलले गृहमन्त्रालयमा आयोजित गृह–प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै नेपालमा नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै हुण्डीबाजहरूसँग पैसाको गोदाम नै भएको दाबी गरेका थिए ।
गृहमन्त्रीका भनाईले केही प्रश्न उठाउने ठाँउ दिएको छ । जस्तो कि गृहमन्त्रीको कुर्सीमा बसेर पैसाको गोदाम रहेको सूचना पाएको बताएका थापाले त्यस्ता हुण्डीबाज माफियामाथि किन एक्सन लिन सकेनन् ?
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू उनकै कमान्डमा छन् । आफ्नो हातमा गृह प्रशासनको साँचो भएका बेला ‘टन’मा तस्करी हुने गरेको सुन र लागूऔषध बरामद गर्न किन आदेश दिँदैनन् ? यो प्रश्न पनि अहिले गृहप्रशासनभित्र उठने गरेको छ ।
गृहमन्त्रीले तथ्यमा टेकेर बोल्नुभएको हो कि अनुमानको भरमा हो ? भन्ने रातोपाटीको जिज्ञासामा बादलका स्वकीय सचिव प्रतीक थापा भन्छन्, ‘हामीसँग इभिडेन्ट नै छ नि, ३३ किलो सुनकाण्ड र सुराँकी विवादमा मान्छेको मर्डर भएको छ ।’
गृहमन्त्रीको कुर्सीमा नबसुन्जेल थापा माअोवादीभित्र कम बोल्ने नेताका रुपमा चिनिन्थे । तर, गृहमन्त्रीको कुर्सीमा बसेपछि उनले मिडियालाई चाहिने जति ‘विजनेस’ दिएका छन् । ‘गृहमन्त्री भएपछि बादलजी बोलेकोबोल्यै हुनुहुन्छ । पार्टीभित्र त उहाँ कम बोल्ने नेतामा पर्नुहुन्छ ।’ माओवादीको केन्द्रीय कार्यलयका एक नेताले भने ।
कसको सल्लाहमा चल्छन् बादल ?
संवेदनशील सूचनालाई हल्का रूपमा टिप्पणी गर्न थालेका गृहमन्त्री थापाका मुख्य सल्लाहकार हुन् माओवादी नेता सूर्य सुवेदी ‘पथिक’ ।
राजनीतिमा पुराना भए पनि सुवेदीका लागि गृहमन्त्रालय र सुरक्षा निकायको परिचालन गर्ने ठाउँ आफैंमा नयाँ हो । गृहमन्त्रीको सल्लाहकारको हैसियतमा बिहानदेखि बेलुकासम्म बादल सँगसँगै हिँड्ने पथिक भन्छन्, ‘उहाँलाई सबै सल्लाह दिने मै हुँ ।’
‘गृहमन्त्रीले टनमा तस्करी हुनेगरेको सुन र बोरामा लुकाइएको पैसाबारे सार्वजनिक रूपमा बोल्नुभएको छ, त्यो तथ्यमै टेकेर बाल्नुभएको हो ?’ भन्ने रातोपाटीको जिज्ञासामा सल्लाहकार सुवेदीले भने, ‘ए, त्यो त एक पटक उहाँलाई नै सोध्नुस् न !’
गृहमन्त्रालय स्रोतका अनुसार बादलले सुवेदीको भन्दा बढी मन्त्रालयमा कार्यरत तल्लो तहका प्रहरी कर्मचारी र आफ्नो सुरक्षा टिममा रहेका तल्लो तहका हवल्दार–सिपाहीलाई बेला–सोध्ने गर्छन्, ‘के छ, के–के हुन्छ ?’
बादलले कतिपय भाषण तिनै तल्ला तहका सुरक्षा अधिकारीको कुरा सुनेको भरमा पनि गर्ने गरेका छन् । पञ्चायतकालीन कर्मचारीको रवैया पाल्ने गृह मन्त्रालयका कर्मचारी पनि बादलको सूचनाको स्रोत हुन् ।
‘मन्त्रालयमा नियमित सचिव र सहसचिवहरू समेतको मिटिङ हुन्छ, त्यहाँ धेरै कुराहरू हुन्छन्’ बादलका निजी सचिवसमेत रहेका उपसचिव डा. डिजन भट्टराई भन्छन्, ‘सल्लाहकारबाहेक जाने–बुझेका अन्य व्यक्तिहरूबाट पनि सल्लाह लिनुहुन्छ ।’
गृहमन्त्रीले पछिल्लो सयम सार्वजनिक भाषणमा बोलेको ‘टनमा सुन तस्करी हुने गरेको र हुण्डीबाजहरूले बोरामा पैसाको चाङ लगाएको’ तथ्यबारे डा. भट्टराईले अनभिज्ञता प्रकट गरेका छन् । ‘त्यसबारे चाहिँ मलाई थाहा छैन’, उनले भने, ‘उँहाले कैतबाट सूचना पाएरै भन्नुभएको होला ।’
मन्त्री थापाले कार्यभार सम्हालेपछि मन्त्रालय मातहतका सबै विभागमा पुगेर ब्रिफिङ लिइसकेका छन् ।
चैत १८ गते कारागार व्यवस्थापन विभागको निरीक्षणपछि केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म रिपोर्ट आएको बताएका थिए । तर, कुन जेलको कुन कैदीले त्यस्तो सुविधा लिएको भन्नेबारे उनले खुलाउन सकेनन् । यदि उनले चाहेमा सम्बन्धित जेलरलाई तानेर कैदीलाई समेत पूर्वबाट पश्चिम पठाउने पावर उनकै हातमा छ ।
‘सबैसँग सुझाव लिने र अन्तक्र्रिया गर्ने काम भइरहेको छ’, स्वकीय सचिव प्रतीक भन्छन्, ‘सूचनालाई भेरिफाई गरेर एक्सनमा जानेबारे वर्कआउट हुँदै छ, नेपाल इलिगल एक्टिभिटीको हब हुँदै गएको कुरा सबैलाई थाहा भएकै विषय हो नि ।’
थप समाचार
संवेदनशील सूचनामा गृहमन्त्रीको ‘हल्का’ टिप्पणी !
सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे : गृहमन्त्री
गृहमन्त्रीको खुलासा : नेपालमा अरबौँमा हुन्छ सुन तस्करी, नेपाल तस्करको स्वर्ग जस्तो छ (भिडियोसहित)
गृहमन्त्रीको बयान : केही पश्चिमा शक्ति परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित, विप्लवमाथि पनि बोले
व्यापारीलाई आश्वस्त पार्दै गृहमन्त्री, 'कसैले चन्दा मागे मलाई भन्नु'
गृहमन्त्रीले भने : अब बुद्धतन्त्र स्थापना गर्ने हो
अपराधी र तस्करविरुद्धको अभियानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
देश विकासका लागि भ्रष्टहरुमाथि प्रहार जरुरीः गृहमन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे