लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन

बुटवल । लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दान पेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मङ्गलवार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधवार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ गणना भएको हो ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । दान पेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेको विकास कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह