जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्दै
बुधबार, २२ कात्तिक २०८०, १४ : २४
_5raww7Za1x.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार (पर्सा) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनी मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् । पर्सामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा अोलीले उनलाई प्रवेश गराउने जनाइएको छ । रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।
नेतृत्वको गलत रवैयाका कारण जसपामा काम गर्न गाह्रो भएको बताउँदै उनले पार्टीमा कामभन्दा बढी गुटबन्दी हुने गरेको आरोप लगाए ।
पर्सामा पार्टी विवाद चलिरहेको छ । त्यहाँ पार्टीका दुई जना अध्यक्षले आआफ्नो गतिविधि गरिरहेका छन् । तर केन्द्रबाट कुनै हस्तक्षेप छैन । नेताहरुका अराजकता बढ्दै गएको कारण त्यहाँ काम गर्ने वतावरण नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न
-
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
-
ललितको लगातार ‘फाइफर’, पुलिस अपराजित
-
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ ः सिटौला
-
एनआरएनए उच्चस्तरीय समितिको १२औँ बैठकको निर्णय सार्वजनिक
-
नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन : श्याम घिमिरे