सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘उत्कृष्ट फिल्म’ विवादमा अदालतलाई बोर्डको जवाफ : ‘सदस्यको उजुरीले हट्यो विधा’

बुधबार, २२ कात्तिक २०८०, १४ : ०२
बुधबार, २२ कात्तिक २०८०

काठमाडौंँ । चलचित्र बिकास बोर्डले गत भदौमा राष्ट्रपति कार्यालयमा वितरण गरेको अवार्डको विवाद अझै सुल्झिएको छैन । ‘राष्ट्रिय अवार्ड’ मा जुरीबाट ‘उत्कृष्ट फिल्म’ ‘प्रकाश’ सिफारिस गरेपनि  बोर्डले अवार्ड दिनुको साटो यो विधा नै गायव गराएको थियो ।

यस विषयमा चलचित्र प्रकाश युनिटले ‘उत्कृष्ट फिल्म’ घोषणा नगर्नुको कारण माग्दै उच्च अदालत पाटनमा बोर्डविरुद्ध रिट निवेदन दिएका थिए । दायर रिटमा उच्च अदालत पाटनले केही अगाडि कारण देखाऊ आदेश जारी गरेको थियो । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बोर्डलाई सर्वश्रेष्ठ फिल्मको विधा हटाउनुको कारण समेत माग गरेको थियो ।

बोर्ड अध्यक्ष भुवन केसीले वारेसमार्फत् अदालतमा पेश गरेको जवाफमा ‘प्रकाश’ लाई जुरीले उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर बोर्ड सदस्य रविचन्द्र अधिकारीले फिल्मविरुद्ध उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट फिल्मको विधालाई स्थगन गरिएको उल्लेख छ । 

सदस्य अधिकारीले ‘प्रकाश’ ले देश र अहिलेको व्यवस्थाप्रति नै गलत व्याख्या गरेको भन्ने विषयमा आपत्ति जनाउँदै भदौ ७ गते उजुरी दिएको र त्यसपछि गठन समितिको निष्कर्ष तथा सुझावमा उत्कृष्ट फिल्मको अवार्ड प्रदान गर्ने कुनै तथ्य र आधार नदेखिएको बोर्डको जवाफमा उल्लेख छ । जुरीले ‘प्रकाश’ लाई उत्कृष्ट फिल्म घोषणा गर्न गरेको निर्णय त्रुटिपूर्ण रहेको पनि बोर्डको जवाफमा उल्लेख छ । 

फिल्म ‘प्रकाश’ माओवादी जनयुद्धपछिको अवस्थालाई चित्रण गरेर निर्माण भएको हो । फिल्ममा प्रदीप खड्का र दीया मास्के मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन दीनेश राउतले गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप