म्याक्सवेलको इनिङ्सबारे के भने सचिन, सहवाग र लक्ष्मणले ?

मुम्बई । अफगानिस्तानविरुद्ध ग्लेन म्याक्सवेलले शानदार पाली खेल्दै १ सय २८ बलमा २०१ रन बनाए । उनले आफ्नो पालीमा २१ चौका र १० छक्का प्रहार गरे ।
उनको दोहोरो शतकको मद्दतले अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध लगभग हारी सकेको बाजी उल्टाएको थियो । म्याक्सवेलको यस पालीलाई क्रिकेटका फ्यान र जानकारहरूले जादुमयी बताइरहेका छन् । महान् खेलाडी सचिन तेन्दुल्करले म्याक्सवेलको पालीलाई आफ्नो जीवनमा देखेको सबैभन्दा उत्कृष्ट पाली भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इब्राहिम जारदानको शानदार पालीले अफगानिस्तानलाई राम्रो स्थितिमा पुर्यायो । उनीहरूले दोस्रो हाफमा पनि राम्रो सुरुवात गरे र ७० ओभरसम्म राम्रो क्रिकेट खेले तर अन्तिम २५ ओभरमा ग्लेन म्यासवेलले जे गरे त्यसले खेलको भाग्य नै बदलियो । म्याक्स प्रेसरमा म्याक्स परफर्मेन्स १ यो मेरो जीवनमा हेरिएको सर्वश्रेष्ठ एकदिवसीय पाली हो ।’
उता वीरेन्द्र सहवागले म्याक्सवेल यस पालीलाई एकदिवसीय क्रिकेटको सबैभन्दा महान् पाली मध्ये एक भएको बताएका छन् । उनले यसलाई लामो समय याद गरिने जिकिर गरे । उनले खेलपछि सामाजिक सञ्जालमा लेखे, ‘रन पछ्याउँदै २ सय बनाउनु, यो एकदिवसीय इतिहासको सबैभन्दा महान् पाली मध्ये एक हो । प्याट कमिन्सले उनलाई राम्रो साथ दिए । यस पालीलाई लामो समय याद राखिनेछ ।’
भीभीएस लक्ष्मणले पनि एक्समा लेखेका छन्, ‘क्रिकेट मैदानमा सबैभन्दा उत्कृष्ट व्यक्तिगत पालीहरूमध्ये एक...अहिलेसम्मको सबैभन्दा महान् पालीमध्ये एक । यसले कहिले पनि हार मान्नुहुँदैन भन्ने शिक्षा दियो । म्याक्सवेलका लागि ताली । यो अविश्वसनीय पाली हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?