काठमाडौँमा प्लास्टिकजन्य फूलमाला किनबेचमा रोक
बुधबार, २२ कात्तिक २०८०, १२ : ००
![काठमाडौँमा प्लास्टिकजन्य फूलमाला किनबेचमा रोक](https://npcdn.ratopati.com/media/news/plastick-mala_f08kO2gcVT.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको हो ।
त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ ।
पसलहरूमा त्यस्ता प्लास्टिकका सामान देखेको खण्डमा नगर प्रहरीले जफत गर्न थालेको छ । दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह