रोनाल्डोको अनुपस्थितिमा टालिस्काको ह्याट्रिक, अल–नासरको शत प्रतिशत रेकर्ड कायम

रियाद । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा ब्राजिलियन स्ट्राइकर एन्डरसन टालिस्काले ह्याट्रिक गर्दै अल नासरलाई एसियन च्याम्पियन्स लिगमा अल दुहाइलविरुद्ध सङ्घर्षपूर्ण जीत दिलाएका छन् । मंगलबार भएको खेलमा अन नासर ३–२ गोलले विजयी बन्यो ।
खेलको आठौँ मिनेटमा फिलिपे काउन्टिन्होले अल दुहाइललाई अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा टालिस्काले गोल गर्दै खेल बराबरी गरे । ३७ औँ मिनेटमा उनले टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६५ औँ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गर्दै टालिस्काले टोलीका अग्रता झनै फराकिलो बनाए । ८० औँ मिनेटमा पेनाल्टीबाट काउटिन्होले एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन । खेलको इन्जुरी समयमा अल दुहाइलका खालिद मोहम्मदले रातो कार्ड पाएका थिए ।
अल दुहाइलविरुद्धको पछिल्लो खेलमा २ गोल गरेका रोनाल्डोलाई यो खेलमा भने आराम दिइएको थियो । जीतपछि प्रतियोगितामा शतप्रतिशत रेकर्ड कायम राख्दै टोली १२ अङ्कसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प