पर्यटन मन्त्रालय मातहतका संस्थाबाटमात्रै ४ करोड बढी रकम राहत कोषमा जम्मा
बुधबार, २२ कात्तिक २०८०, १० : ०७

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घ संस्थाहरूले ४ करोड भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन