रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारलाई राहत वितरण

रुकुम पश्चिम । रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ७२० घरका तीन हजार ७५२ परिवारलाई पहिलो राहत वितरण गरिएको हो ।
चौरजहारी नगरपालिकाको वडा नम्बर १०, १२ र १४ मा २८८ घरका एक हजार ५११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ ।
यस्तै सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का १३३ घरका ७२८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ भने मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ ।
आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका १५५ घरका ७४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका २८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गत शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिमका विभिन्न पालिकाहरूमा धनजनको क्षति भएको छ । विशेष गरी यहाँका आठबिसकोट र सानोभेरीमा मानवीय क्षति भएको छ भने भौतिक संरचनाको क्षति आंशिक रूपमा सबैतिर परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म