अपहरण गरी तमसुकमा सहिछाप, प्रहरीले उजुरी दर्ता नगरेको पीडितको गुनासो

जनकपुरधाम । धनुषामा अपहरण गरेर कागजमा सहीछाप गराएको आरोप लगाइएको छ । धनुषा हँसपुर नगरपालिका ४ मनिपट्टीका रामअशिष दासले आफूलाई औरही नगरपालिका १ पौडेश्वका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा सहीछाप गराएको आरोप लगाएको हुन् ।
जनकपुरधामस्थित पुलचोकमा पसल व्यवसाय गरिरहेका दासले आफूसँग गत वैशाख २५ गते अपहरण गरेर बलजफ्ती कपाली तमसुक बनाएको आरोप लगाएका छन् । उनले घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप समेत लगाए ।
पीडितले मंगलबार पत्रकार सम्मेलन गरी आफूलाई अपहरण गरेर करिब १५/२० वटा कागजमा सहीछाप गराएको बताए ।
उनले औरही गाउँपालिकाका १ पौडेश्वरका रामविलाश दास कथवनिया, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास लगायतका चिन्न नसकेको व्यक्तिले अपहरण गरेको बताए । अपहरणमा परेको दोस्रो दिन कपिलेश्वर प्रहरीमा उजुरी दिएपनि प्रहरीले बेवास्ता गरेको दासले बताए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराउन पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको उनले बताए ।
उनले जिल्ला सरकारी वकिल कार्यालयले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाउँदा पनि प्रहरीले कुनै चासो नदिएको बताए ।
उनले हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृह मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृह मन्त्रालयमा उजुरी दर्ता गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने