शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

कर्णाली सरकारले पठायो भूकम्प प्रभावित पालिकाहरुमा रकम, कुन पालिकालाई कति ?

मङ्गलबार, २१ कात्तिक २०८०, २१ : ०७
मङ्गलबार, २१ कात्तिक २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई रकम पठाएको छ। प्रदेश सरकारले जाजरकोट,‌ रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाइएको हो ।

भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी प्रभावित भएका पालिकाहरु जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको  आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरमा रकम पठाइएको छ भने जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरमा रकम पठाइएको छ ।

यस्तै जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे  गाउँपालिकालाई १० लाखका दरमा रकम पठाइएको छ।

सल्यानको दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।

यस्तै रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि ५ लाखका दरमा रकम पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप