पाठेघरको शल्यक्रिया गर्दा महिलाको मृत्यु, डाक्टर फरार

रौतहट । रौतहटस्थित एक निजी क्लिनिकमा बिना सुविधा पाठेघरको शल्यक्रिया गर्दा बिरामी महिलाको मृत्यु भएपछि डाक्टर तथा अस्पताल सञ्चालक फरार भएका छन् ।
रौतहटको गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत बिर्तामा रहेको ईमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा चन्द्रपुर नगरपालिका–७, बनबोहरीकी नुर्जहान खातुनको मृत्यु भएको हो ।
बिरामीको मृत्यु भएपछि डाक्टर तथा अस्पताल सञ्चालक गरुडा–८ का राजेन्द्र यादव फरार भएका छन् । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई उक्त अस्पतालमा चेकजाँच गराउँदा डाक्टरले पाठेघरको शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।
डाक्टरको सुझाव अनुसार सोमबार खातुनलाई ईमरजेन्सी जनसेवा हस्पिटल बिर्तामा शल्यक्रियाका लागि लगिएको थियो । सोमबार साँझ डाक्टरले शल्यक्रिया गरेपछि खातुनको अवस्था गम्भीर बनेको उनका पति इब्राहिम सिद्धिकीले बताए ।
अचेत भएकी खातुनलाई डाक्टरको सल्लाह अनुसार थप उपचारका लागि एम्बुलेन्सबाट वीरगन्जस्थित मेट्रो सिटी अस्पतालमा लैजाँदा सोमबार राति डाक्टरले मृत घोषणा गरेको सिद्धिकीको भनाइ छ ।
बिरामीको मृत्युपछि मंगलबार दिउँसो पीडित परिवार र स्थानीयले हस्पिटलका सञ्चालक यादव र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गर्न माग गर्दै हस्पिटल अगाडि विरोध प्रदर्शन गरेका छन् ।
घटनापछि हस्पिटलका सञ्चालक राजेन्द्र यादव र त्यहाँ कार्यरत डक्टर हस्पिटल बन्द गरेर फरार भएका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तथा डीएसपी ओम प्रकाश खनालले घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको बताए ।
उनले शल्यक्रियामा संलग्न डाक्टर तथा हस्पिटल सञ्चालक राजेन्द्र यादवको खोजी भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति