पोखरा महानगरले तोक्यो फूलको मूल्य, प्रतिथुंगा २ देखि ५ रुपैयाँ

पोखरा । पोखरा महानगरपालिकाले पहिलो पटक फूलको मूल्य तोकेको छ । तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकिदिएको कृषि महाशाखा प्रमुख मनहर कडरिायाले जानकारी दिए ।
‘उपभोक्ताको धेरै गुनासो आयो । एउटै मूल्यको ५–७ सय सम्म तिर्न बाध्य भएका थिए,’ उनले भने, ‘यो वर्ष त्यसरी मपनरी मूल्य लिन पाइँदैन । महानगरले मूल्यमा एकरुपता कायम गर्न मूल्य तोकिदिएको हो ।’
यो वर्ष फूलको तौल अनुसार फरक मूल्य छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ मूल्य तोकिएको छ । १० देखि १५ ग्रामको ४ रुपैयाँ तथा १५ देखि २० ग्रामको ५ रुपैयाँ मूल्य छ । मालाको पनि फूलको थुंगाको आकार अनुसार क्रमशः १ सय ५०, १ सय ८० र २ सय छ ।
किलोमा बेच्न चाहे प्रतिकिलो ४ सय रुपैयाँ मूल्य पर्ने महानगरले जनाएको छ । यो वर्ष महानगर आफैले पनि फूल खेतीमा किसानलाई प्रोत्साहन गरेको छ । डेढसय रोपनी क्षेत्रफलमा महानगरको सहुलियत बीऊ लिएर किसानले व्यावसायिक खेती गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दा 'हेर्न नमिल्ने'
-
भारत कठोर बनिरहँदा पाकिस्तानका पूर्वप्रम नवाजले भाइ शहबाजलाई दिए यस्तो सुझाव
-
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा