घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
मङ्गलबार, २१ कात्तिक २०८०, १९ : ०६

बुटवल । दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
बिल भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएपछि हातपात भएको बताइएको छ । कार्यकक्षमा इन्जिनियर केसीलाई कामकाजमा अवरोध पुर्याएको आरोपमा निर्माण व्यवसायी महतरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
कर्मचारीमाथि हातपात गरेको भन्दै उपमहानगरका कर्मचारीले सेवा ठप्प पारेका थिए । पीडितले जाहेरी दिएको खण्डमा मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ । दोषीलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा पनि केहीबेर धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद