रुकुम पश्चिमको दार्मा र चौरजहारीका भूकम्प प्रभावितलाई राहत वितरण

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र दार्मा गाउँपालिकाका भूकम्प प्रभावित नागरिकहरुलाई राहत वितरण गरिएको छ ।
मंगलबार कर्णाली प्रदेश सरकारबाट पठाइएको उक्त राहत वितरण गरिएको हो । चौरजहारीका १४ वटै वडाका एक हजार ९२५ परिवारलाई त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरिएको हो ।
यस्तै दार्मा गाउँपालिकामा पनि राहत वितरण गरिएको छ । सरकारका तर्फबाट सल्यान र रुकुम पश्चिममा खटिएका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री भिम प्रकाश शर्माले पहिलो चरणमा त्रिपाल, कम्बल, टेन्ट, पिफर्म वितरण गरेका थिए ।
शर्माले तीन सय थान त्रिपाल, २५० थान कम्बल, २० थान टेन्ट र ३ रोल पिफर्म भूकम्प पीडितलाई वितरण गरेका हुन् ।
भूकम्पबाट भएको क्षतिग्रस्त गाउँको निरीक्षणसँगै राहत वितरण गरिएको मन्त्री शर्माले बताए । दार्मामा ७ सय ९४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
यहाँका २ हजार ४९७ नागरिक भूकम्पबाट प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा