मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्प प्रभावित क्षेत्रका मेयरको आक्रोश–भेरी नगरको आकाशमा हेलिकोप्टर आतंक बन्द गर

मङ्गलबार, २१ कात्तिक २०८०, १८ : २९
मङ्गलबार, २१ कात्तिक २०८०

जाजरकोट । भूकम्पबाट प्रभावित भएको जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् । 

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकाम समेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवार हुने गरिरहेका छन् । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा त्यहाँ पुगेका थिए । यस्तै  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सेनाकै हेलिकोप्टरमा ओहोर–दोहोर गरिरहेका छन् ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप