फोन नम्बर नभएपनि ह्वाट्सएपमा लगइन गर्न सकिने

काठमाडौँ । अहिलेसम्म ह्वाट्सएपमा लगइन गर्न प्रयोगकर्ताले आफ्नो मोबाइल फोन नै प्रयोग गर्नुपथ्र्यो । तर छिटै नै नयाँ विकल्प पाइँदैछ । नयाँ विकल्पले प्रयोगकर्तालाई ई–मेलमार्फत लगइनको विकल्प दिइनेछ ।
अहिले यो फिचर बिटा टेष्टिङमा छ । केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्रै यो सुविधा दिइएको छ । टेष्टिङ सम्पन्न भएपछि सबै प्रयोगकर्तामाझ यो फिचर लञ्च गरिने बताइएको छ ।
नयाँ विकल्पलाई लग–इन गर्ने अर्को तरिका मानिनेछ । ह्वाट्सएपका केही प्रयोगकर्ता बीटा प्रयोगकर्ताले आफ्नो एकाउन्टलाई इमेलसँग लिंक गर्ने विकल्प पाएको स्याम मोबाइलले बताएको छ ।
इमेल एड्रेस भेरिफाइ गर्नुपर्ने
विभिन्न सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार प्रयोगकर्ताले आफ्नो एकाउन्ट सेट गर्न इमेल एड्रेस भेरिफाई गर्नु पर्नेछ । आफ्नो खातालाई स्थापित गर्न विफल भएमा चेतावनी संकेत देखिनेछ । लिंक गरिएको इमेलमा फेरि पठाउन अतिरिक्त भेरिफाई इमेल बटन पनि छ ।
प्रयोगकर्ताले एसएमएसमा भेरिफिकेशन कोड पाउन नसक्ने वा साथमा रिजष्टर्ड फोन नम्बर नभएको स्थितिमा इमेल एड्रोसको सुविधाले ब्याकअपको काम गर्नेछ । एन्ड्रोइड प्रयोगकर्तालाई पासकिज प्रयोग गर्न आफ्नो एकाउन्टमा पहुँचको अनुमति दिने ह्वाट्सएपले गएको महिना नै बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कले आधिकारिक निर्णय लिन सक्दैनन् : ह्वाइट हाउस
-
डेंगी बढ्दै गएपछि लामखुट्टे समात्नेलाई पुरस्कार दिँदै फिलिपिन्स
-
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत
-
एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिए शुभमन गिल र महिश थिक्सना
-
६ जना मृत अवस्थामा फेला
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु