तुइनबाट खसेर बेपत्ता पुरुष मृत फेला
काठमाडौँ । हुम्लमा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक जना मृत अवस्था फेला परेका छन् ।
सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा सोही ठाउँस्थित कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगु सोरु गाउँपालिका-५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
कर्णाली करिडोरमा काम सकी कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्केदेउबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको जनाएको छ ।
उता ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका-१ बस्ने ४१ वर्षीय दुर्गा प्रसाद बिक सोही ठाउँ आमचोकस्थित भीर नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दार्चुलाको लेकम गाउँपालिका-१ बन्डोली बस्ने ८० वर्षीया कुष्मा विष्ट सोही ठाउँस्थित नौलाबाटा भिर भन्ने स्थानबाट करिब २ सय मिटर तल मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोमबार दिउँसो घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बित्थड भरडकोट पोष्टबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
उता उदयपुरको कटारी नगरपालिका-८ माटे बस्ने ७२ वर्षीय पृथ्वी बहादुर कार्की आफ्नै बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् भने गुल्मी, मदाने गाउँपालिका-२ बसुन्धारा बस्ने २६ वर्षीया बिस्ना रोका आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना