फोटो खिच्ने क्रममा भारतीय पर्यटकको डुबेर मृत्यु
मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ३४

काठमाडौँ । नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् ।
फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाँडाकुन्डास्थित नहरमा डुबेर सोही ठाउँस्थित मामाघरमा दशैंदेखि बस्दै आएका सुक्लाफाँटा नगरपालिका-७ बस्ने केसब बोहराको छोरा ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन