एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत टोखा नगरपालिकामा वृक्षारोपण कार्यक्रम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ ।
जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।
वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसीलगायतको उपस्थिति थियो ।
खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य