केसी नेतृत्वको एनआरएनएद्वारा राहत सामग्री वितरण

काठमाडौँ । डा बद्री केसीको नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्प प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।
राहत सामाग्री वितरणमा संघका अध्यक्ष डा केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत पुगेको बताइएको छ । यसैबीच विनोद कुँवर नेतृत्वको एनआरएनएले पनि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा राहत वितरण गर्ने तय भएको छ । यस्तै आरके शर्मा नेतृत्वको एनआरएनएले पनि राहत सामग्री मंगलबार नै वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ