बलात्कारमा संलग्न अधिकांश पुरुष विवाहित, बलात्कृत हुनेचाहिँ अविवाहित
काठमाडौं– अपराधको परिभाषा अनुसार ‘जघन्य’ मा पर्ने बलात्कारको घटनामा संलग्न पीडकहरु अधिकांश विवाहित पुरुष हुने गरेको पाइएको छ । विवाहित पुरुषहरुले अविवाहित महिलालाई बलात्कार गर्ने गरेको काठमाडौं प्रहरीको पछिल्लो ३ वर्षको तथ्यांकले देखाएको छ ।
‘यस्तो तथ्यांक हेर्दा म आफूलाई पुरुष बर्गको प्रतिनिधित्व गर्छु भन्दा लाज लाग्यो’ मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै काठमाडौंका प्रजिअ केदारनाथ शर्माले भने, ‘अधिकांश घटनामा विवाहित पुरुषले अविवाहित चेलीहरुलाई बलात्कार गरेको सुन्दा एक विवाहित पुरुषको हैसियतमा मलाई लज्जावोध भएको छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार आयोजना गरेको ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना’ विषयक कार्यक्रममा प्रहरी नायव उपरिक्षक मोहन थापाले नेपालभरको तथ्यांक हेर्दा १६ बर्षभन्दा कम उमेरका किशोरीहरु सबैभन्दा धेरै पीडित भएको बताए ।
उनले भने, ‘१० बर्ष मुनी देखी ५० बर्ष माथी उमेरका महिला समेत पीडित छन्, सवैभन्दा बढी प्रशित पीडितको उमेर १७ बर्ष देखी ३५ बर्षसम्म रहेको छ ।’
बलात्कारमा संलग्न पुरुषहरु २० देखि ३० बर्ष उमेरसमुहका सबैभन्दा धेरै रहेको भएपनि बलात्कारमा संलग्न पीडकहरु १५ बर्षदेखि ५० बर्ष उमेर पार गरिसकेकाहरु पनि बलात्कारमा संलग्न हुने गरेका छन् ।
‘जेष्ठ, असार र श्रावणमा सबैभन्दा धेरै जबर्जस्ती करणीका अपराध घट्ने गरेका छन्’ डिएसपी थापाले भने, ‘अभियुक्त विवाहित बढी र पिडीतहरु अविवाहित धेरै हुने गरेको देखिन्छ ।’
साना उमेर समूहका बालिकाहरुलाई ललाई–फकाई र प्रलोभनका पारेर जबर्जस्ती करणी गर्नेको संख्या उच्च रहेको नेपाल प्रहरीको तथ्यांकबाट देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार जबर्जस्ती करणीको मुद्धा हरेक बर्ष बढ्दै गएको छ । २०७१÷७२ मा ९८१ रहेको मुद्धा संख्या २०७२÷७३ मा १ हजार ८९ पुगेको थियो । उक्त संख्या बढेर २०७३/७४ मा १ हजार १३० पुगेको छ । ‘जबर्जस्ती करणीको मुद्धा वृद्धिदर ९ दशमलव ९७ प्रतिशत रहेको देखिन्छ’ डिएसपी थापा भन्छन्, ‘देशभरको घट्ना विष्लेषण गर्दा औषत ८ दशमलव ६ प्रतिशतको दरले जबर्जस्ती करणी बढेको देखिन्छ ।’
जबर्जस्ती करणी उद्योगका घट्ना आथिर्क बर्ष २०७३÷७४ सम्म पुग्दा १४ दशमलव ८ प्रतिशतले बढेको पाईएको छ ।
उजुरी नलिनेदेखखिबयान फेर्नेसम्म
गैह्रसरकारी संस्था सिवीनमा कार्यरत सागर भण्डारीका अनुसार काठमाडौंको बौद्धमा एकजना युवतीलाई आफ्नै बावुले तीन बर्षसम्म बलात्कार गरे । उक्त कुरा सिवीन सम्म आएपछि महानगरीय प्रहरी वृत बौद्धमा जाँदा त्यहाँका प्रहरी अधिकारीले मुद्धा दर्ता गर्न अस्विकार गरेका थिए । ‘प्रहरीले जबर्जस्ती करणी उद्योग मात्रै भएको भन्दै दर्ता अस्विकार गरेको थियो’ भण्डारी भन्छन्, ‘त्यस्ता घट्ना अहिले पनि हुने गरेका छन्, त्यसप्रती प्रहरीको नेतृत्वले ध्यान दिन जरुरी छ ।’
लामो समयदेखी पीडित बालिकाहरुको पक्षमा काम गर्दै आएकी रजनी भारतीका अनुसार बलात्कृत किशोरीहरुले आफ्नै बावु–आमा र आफन्त भेटेपछि बयान परिवर्तन गर्ने गरेका छन् । ‘डर त्रासले पनि बयान परिवर्तन गरेर घटना कमजोर बनाउने काम हुने गरेको छ’ उनले भनिन्, ‘यस्तो प्रवृत्ति अन्त्य गर्नका लागी प्रहरीले पहिलोपटक बयान लिँदा नै भिडियो खिचेर पटक–पटक पीडितसँग बयान लिने प्रथाको अन्त्य गर्नुपर्छ ।’
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता सुर्यराज दाहालले पीडितले न्याय पाउने कुरामा आफुहरु सदैव संवेदनशिल रहेको बताए ।
कार्यक्रममा बोल्दै काठमाडौं जिल्ला अदालतका न्यायाधिश रमेशराज पोखरेलले पीडित होस्टाईल भएको कारण करिब १० प्रतिशत अदालती प्रयास असफल हुने गरेको बताएका छन् । ‘अदालत भित्र पनि पीडित मैत्री बातावरण बन्न सकेको छैन्’ पोखरेलले भने, ‘भिडियो कन्फरेन्सको प्रयोग गरेर बयान लिने लगायतका काम पनि अगाडी बढ्न सकेको छैन ।’
किन बढ्यो अपराध ?
मुलुकभरको तथ्यांक हेर्दा अपराध बढेको देखिन्छ । आर्थिक बर्ष २०७१/७२ मा २८ हजार ७० रहेको मुद्धा संख्या २०७२/७३ मा २८ हजार ६ सय ६३ पुगेको थियो ।
२०७३/७४ मा मुद्दाको संख्या ३१ हजार ४ सय ६२ पुगेको छ । जनसंख्याको वृद्धि, जनचेतनामा वृद्धि लगायतका कारणले अपराध बढेको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका डिएसपी थापाले भने, ‘मान्छे सचेत भएपछि घटना लुकाउनु हुँदैन, उजुरी गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ त्यसकारण पनि अपराधको ग्राफ बढेको देखिएको हो ।’
इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले पनि अपराध बढेको पाइएको छ । अपराध बढ्नुको अर्को कारण हो, बेरोजगारी । ‘काम नभएपनि मान्छेहरु अपराध कर्ममा लाग्ने रहेछन्’ डिएसपी थापाले भने, ‘उच्च जिवनशैलीको चाहना र कानुन कार्यान्वयनमा देखिने फितलोपना पनी अपराध बढ्नुको कारण हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे