हमासको बलियो किल्ला कब्जा गरेको इजरायलको दाबी
मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ०१

काठमाडौँ । इजरायलको सेना (आइडीएफ) ले सोमबार उत्तरी गाजा पट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ। इजरायलका अनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू र ठुलो मात्रामा हतियारहरू बरामद गरिएको छ ।
इजरायली सेनाले हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाउँदै आएको केही लक्ष्यहरूलाई पनि निशाना बनाएको बताएको छ । अल कुड्स अस्पताल नजिकैको भवनमा हमास लडाकुहरू लुकेको पनि आईडीएफले दाबी गरेको छ ।
इजरायलले उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको बताउँदै यसले त्यहाँ हतियारको भण्डार रहेको देखाउने जिकिर गरेको छ । इजरायलले खान युनुस क्षेत्रमा बम विस्फोट भएको उल्लेख नगरे पनि त्यहाँ ठुला विस्फोट भएको जानकारी बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त