करेन्ट लागेर झापामा दुई जनाको मृत्यु
झापा । झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदार भोजपुर, भोजपुर नगरपालिका-११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी कन्काई नगरपालिका-६ चप्रामारी बस्ने ३६ वर्षीय राम कुमार श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
सोही नगरपालिका-३ जय पथिभारा टोल बस्ने हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा