पहिलो जागिरबाट ५० रुपैयाँ तलब थापेका कैलाश, अहिले एउटै गीतका लागि लिन्छन् १० लाख रुपैयाँ

मुम्बई । कैलाश खेरको आवाज मन नपराउने त को नै होला र ? विश्वभर उनको करोडौं फ्यान छन् । गायनकै लागि सन् २०१७ मा उनले भारत सरकारबाट पद्य श्री पुरस्कार पनि पाए । अहिले कैलाशको सङ्गीत ब्यान्ड भारतको सबैभन्दा बिजी ब्यान्डमा पर्दछ ।
देश–विदेशमा कन्सर्टमा गइरहन्छ । तर यहाँसम्म उनको यात्रा सहज भने छँदै थिएन । गायनका शुरुआती दिनमा एक पछि अर्को रिजेक्शन र असफलताका कारण कुनै समय उनी आत्महत्या नै गर्ने मनस्थितिमा पुगिसकेका थिए ।
तर अहिले उनको दिन चम्किएको छ । आफ्नो पहिलो जागिरबाट जम्मा ५० रुपैयाँ तलब थापेको कैलाशले एउटा गीत गाएकै अहिले १० लाख रुपैयाँ लिन्छन् । कैलाश खेर अहिले बलिउडको दिग्गज गायक मध्ये एक हुन् । आफ्नो सपना पूरा गर्न उनले १४ वर्षको उमेरमै घर छाडेका थिए । उनी बाल्यकालदेखि नै सङ्गीतको शौकिन थिए ।
उनका पिता लोक गायक थिए । ४ वर्षको उमेर देखि नै उनले गीत गाउन सुरु गरेका थिए । तर संगितमा उनको यात्रा सहज भने रहेन । सानै उमेरमा घर छाडेर गायनमा करियर बनाउन हिँडे । सानातिना काम गरेर गुजारा चलाउँथे । केही काम नै नपाएपछि बच्चाहरूलाई सङ्गीत सिकाउन सुरु गरे । त्यति बेला उनले ५० रुपैयाँ फिस लिन्थे ।
पछि उनी उत्तराखन्ड गए । अनि गंगा किनारमा आरतीको समयमा गीत गाउँथे । त्यही आरती सुन्ने एक सन्तको प्रेरणामा उनी मुम्बई आए । तर शुरुआती यात्रा सहज थिएन । सुरुमा जिंगल्स गाउन थाले । बिस्तारै उनका गीतहरू पनि चल्न थाले । बलिउडमा अवसर पाए । बलिउडमा पहिलो पटक अक्षय कुमारको अन्दाजमा ‘रब्बा इश्क न होवे’ गीत गाएपछि उनी रातारात स्टार बने । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन ।
५० रुपैयाँबाट यात्रा सुरु गरेका कैलाशको अहिले ३ करोड ५० लाख डलर नेटवर्थ छ । उनले अहिले एउटा गीतका लागि ९ देखि १० लाख रुपैयाँ लिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो सरकारलाई संविधान संशोधन गर्ने अधिकार छैन’
-
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
-
राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएको ‘राजागञ्ज’ आजबाट प्रदर्शनमा
-
ट्रम्पसँग डराएर सिधै नाइँ भन्न नसकेका हुन् पुटिनले ?
-
मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै