राहत पाए–नपाएको अनुगमन गर्न संसद्को राज्यव्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा अनुगमनका लागि जाने भएको छ ।
बुधबार बिहान ९ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्ने र पीडितहरूको अवस्था, राहत वितरण तथा स्वास्थ्य अवस्था आदीको अध्ययन गरी सरकारलाई निर्देशन दिने योजना रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
सभामुख देवराज घिमिरेले फोन गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा जाओस् भन्ने चाहना राखेको सभापति खतिवडाले बताए ।
संसद्को अधिवेशन नभएकोले संसदीय समितिको बैठक बस्न कोरम नपुग्ने समस्या लगायतका कारण भूकम्प प्रभावित क्षेत्रमा संसदपनि पुगोस् भन्ने उद्देश्य सभामुखले राखेकोले घटनास्थलमा पुगेर अध्ययन गर्न लागिएको उनले बताए ।
रातोपाटीसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा जाने, फोटो खिच्ने, आउनेमात्र भएको छ कि राहत कसरी वितरण भएको छ, जनताको अवस्था कस्तो छ संसदीय समितिले पनि हेरौँ भनेर हामी त्यसतर्फ जान लागेका छौँ । यस्तो अवस्थामा हामीले राज्यलाई आर्थिक भार दिँदैनौँ । जाने आउने टिकट खर्च, खाने बस्ने सबै खर्च सबै हामी आफैले व्यवस्थापन गरेका छौँ ।’
सभापति खतिवडाले सो क्षेत्रमा जाने ९ जना सबै सांसदहरुको टिकटको व्यवस्था गरिसकेका छन् । सुर्खेतसम्म विमानमा गएर त्यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा गएर राहत वितरणको अवस्था के छ, स्वास्थ्यको अवस्था के छ, के गर्नुपर्ने त्यसबारेमा अनुगमन र अध्ययन गरेर सरकारलाई निर्देशन दिने सभापति खतिवडाले जानकारी दिए ।
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिएका छन् । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान