प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्याऔँ : सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन् । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्याउन नहुने उनले जिकिर गरेकी हुन् ।
गौतमले कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा सांसदको उपस्थिति देखिएन भनेर विभिन्न संसदीय समिति मार्फत अवलोकनका नाममा त्यहाँ जाने चर्चा चलिरहेको सुनेँ । सांसदज्यूहरू विपद् जोखिम न्यूनीकरणबारे कत्तिको बहस गरेर कानुन बनाउनुभयो वा बनाउन तत्पर हुनुहुन्छ त्यो महत्त्वपूर्ण हो।’
उनी थप्छिन्, ‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो । तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्याऊ। राज्यले छिटो भन्दा छिटो क्षतिको तथ्याङ्क सङ्कलन गरोस् र सोही आधारमा बाँकी कार्यक्रम तय हुनु पर्छ । सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा