किर्ते कागजात प्रकरण : ४ जना कन्सल्टेन्सी संचालक पक्राउ

काठमाडौँ । भिजिट भिसा र विदेशमा पढ्न जानेहरुका लागि किर्ते कागजात बनाएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्सल्टेन्सीका संचालकहरु छन् । यसअघि प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा एसिई कन्सल्टेन्सी संचालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका संचालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका संचालक पशुपति मैनाली, एस. टु अबरोड कन्सल्टेन्सीका संचालक सागर चापागाईं छन् । विदेश जानेहरुको कागजात अपुग भएमा कन्सल्टेन्सी संचालकहरुले कागजात बनाउन सल्यान घर भएका बलबहादुर राउतको सम्पर्कमा पठाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना संचालन गरेका थिए । प्रहरीले उनलाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कागजात किर्ते बनाएको आरोपमा यसअघि पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दिपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । डिएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे लामो अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म