बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो : अध्यक्ष केसी

सोमबार, २० कात्तिक २०८०, १७ : ५६
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । 

सोमबार संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । 

अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक  वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरे । उनले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे । 

अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताए । उनले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा,१३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए । 

अध्यक्ष केसीले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए  । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि  विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष केसीले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए । उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप