जबर्जस्ती भिडियो खिच्ने पत्रकारलाई काउन्सिलको सोधपुछ

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ गरेको छ । सोमबार पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको हो ।
शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो ।
काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौँ उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए । उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभी र युट्युव च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।
काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
-
कञ्चनपुरको सभागृह प्रयोग विहीन
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’