विकासको मोडल परिवर्तन गर्न जरुरी : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकासको मोडललाई परिवर्तन गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा राष्ट्रिय योजना आयोगको आयोजनामा भएको योजना तर्जुमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय आवश्यकताका आधारमा योजनाहरु निर्धारण गरी नयाँ मोडलमा कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए ।
उनले स्थानीय आवश्यकता र पहिचानका आधारमा विकासका योजना छनोटमा जोड दिन सकेमात्र दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए । राज्य व्यवस्था परिवर्तन भए पनि संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री जम्कट्टेलले देशमा तीन तहको सरकार भए पनि राज्य संरचना अनुसार काम हुन नकसकेको बताए । संविधानले राज्यको अधिकारलाई विकेन्द्रीकरण गरी अधिकार क्षेत्र सहितको तहगत राज्य संरचना गरेको तर, ती संरचनाले अझै पनि पुरानै शैलीबाट काम गरिरहेको उनले बताए ।
आयोगले पनि तीनै तहको सरकारलाई संविधानले दिएको अधिकार क्षेत्रको आधारमा योजनाहरु सिफारिस गर्नुपर्ने उनको भनाइ छ । सरकारलाई विकासको निमित्त नीतिगत हिसाबले योजना निर्माणमा सिफारिस गर्ने निकाय भएकाले परिवर्तित राज्य व्यवस्थामा पुराना योजनाहरुलाई बदलेर नयाँ नीति तथा कार्यक्रम निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका योजना र नीतिलाई नयाँ मोडल अनुसार अघि बडढाउनुपर्ने बताए । विकासको योजना बनाउँदा सम्बन्धित क्षेत्रको स्रोत साधनलाई उच्चतम परिचालन हुनेगरी निर्धारित लक्ष्य प्राप्तिमा अग्रसर हुनुपर्ने उनले प्रस्ट पारे ।
प्रदेशमा समुदायमा आधारित कृषि प्रणाली लागु गर्न प्रदेश सरकारले तयारी गरेको पनि उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले क्षेत्रगत विशिष्टिकृत योजनाहरु कार्यान्वयनमा अग्रसर हुनु जरुरी छ ।
प्रदेश सरकारले क्षेत्रगत विशिष्टिकरणका आधारमा पहिले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने र दोस्रो प्राथमिकतामा भौतिक संरचना निर्माण, तेस्रोमा उत्पादन र उत्पादकत्व वृद्धिका योजना बजेटमै समावेश गरेर कार्यान्वयन गर्दै अघि बढ्ने तयारी गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव