माफी माग्दै सुगम पोखरेलले भने–मैले पिउन हुँदैन थियो, गल्ती भयो

काठमाडौँ । गायक सुगम पोखरेलले अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक्रोफोन प्रहारको विषयमा आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफू भावनमा बगेको भन्दै माफी मागेका हुन् ।
‘मबाट गल्ती भएको हो । म भावनामा बगे बेसी’, उनले नेपाल ट्युबसँगको कुराकानीमा अगाडि भने ‘मेरो भगवान् दर्शकहरु प्रति कहिल्यै पनि अनादर गरेको छैन, मैले । म आज यही नेपाली समाजले बनाएकोले गायक हो ।’ उनले त्यो दिन आफूले पिउनु गल्ती भएको समेत स्वीकारेका छन् ।
किन हान्नु भयो दर्शकलाई माइक्रोफोन भन्ने प्रश्नमा सुगमले भनेका छन् , ‘नेपालमा भूकम्पले मानिसहरुले ज्यान गुमाएका थिए । मेरो मनमा म गीत गाउन आएको छु । नेपालमा त्यस्तो भएको छ भन्ने अप्ठ्यारो भइरहेको थियो । कतिको आफ्नो परिवार बित्नु भएको छ । एकछिन मौन धारण गराँै भनेर सोचे । अरु भिडियोमा देख्न सक्नुहुन्छ ।’ आफू नेपालीले गर्दा बनेको र नेपालीलाई दुःखेमा आफूलाई पनि दुख्ने उनले बताएका छन् ।
शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक्रोफोन प्रहार गरेका थिए । भिडियो भाइरल भए लगत्तै उनले फेसबुक लाइभ मार्फत समेत माफी मागेको थिए ।
उक्त कन्सर्टका विषयमा आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
-
पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने
-
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
-
प्रतिनिधिसभा बैठक : आइतबारसम्म सूचना टाँसेर स्थगित
-
तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार
-
तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु