कीर्तिमानी शतकपछि विराट र सचिनले के भने ?

मुम्बई । श्रीलंकाविरुद्धको खेलमा आफ्नो ४९ औं शतक प्रहार गरेका विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन् । तर विराट कोहलीले यो कीर्तिमान बराबरी गरे पनि सचिन तेन्दुलकरसँग आफ्नो बराबारी हुन नसक्ने बताएका छन् ।
आइतबार आफ्नो ३५ औं जन्मदिनमा विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्ध १२१ बलमा १०१ रन बनाएका थिए । उनको शानदार इनिङले टोलीलाई २४३ रनको जित दिलायो। खेलपछि कोहलीले भने, ‘यो सब अहिले मेरो लागि धेरै छ, मेरो हिरोको कीर्तिमान बराबरी गर्नु मेरो लागि विशेष हो । जब ब्याटिङको कुरा आउँछ, उहाँ उत्कृष्ट हुनुहुन्छ, म उहाँ जत्तिकै राम्रो हुन सक्दिनँ।
यो मेरो लागि धेरै भावनात्मक क्षण हो, मलाई थाहा छ म कहाँबाट आएको छु। एक दिन थियो जब मैले उसलाई (सचिन तेन्दुलकर) टिभीमा देखेको थिएँ र अहिले उहाँबाट प्रशंसा पाउनु मेरो लागि ठूलो अर्थ हो।’
विराट कोहलीले कीर्तिमान बनाएपछि सचिन तेन्दुलकरले लेखेका छन्, ‘विराट राम्रो खेले! ४९ बाट ५० मा पुग्न मलाई ३६५ दिन लाग्यो, मलाई आशा छ कि तिमी चाँडै ४९ बाट ५० मा पुग्नेछौ र अबको केहि दिनमा मेरो रेकर्ड तोड्ने छौँ, बधाई छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ