राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले भ्रमण स्थगित गरिएको रातोपाटीलाई जानकारी दिए ।
२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको चालिसेको भनाइ छ ।
गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका स्वीकृति भएको थियो ।
तर, जाजरकोट भूकम्पपछि देशमा उत्पन्न असहज परिस्थितिकै कारण हाललाई भ्रमण स्थगित गरिएको बताइएको छ। भूकम्पका कारण जाजरकोट र रुकुममा १५३ जनाको मृत्यु भएको छ भने आसपासका जिल्लाका कैयन भौतिक संरचनामा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार रिहा गर्ने भनिएका ६ मध्ये दुई इजरायली बन्धक रिहा
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई