इजरायलले भन्यो, ‘गाजालाई दुई भागमा विभाजित गरेका छौँ’
सोमबार, २० कात्तिक २०८०, १४ : ४९

गाजा । इजरायलले उत्तरी गाजामा निकै महत्वपूर्ण आक्रमण गरेको जनाएको छ । रिपोर्टका अनुसार उत्तरी गाजामा आइतबार ठूलो मात्रामा हमला र हवाई हमला गरिएको थियो।
इजरायली सेनाका अनुसार सेनाले गाजा सहरलाई घेरेर उत्तरी र दक्षिणी गाजामा विभाजन गरेको छ। इजरायली सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ । त्यस्तै इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि ‘एउटा कोरिडोर’ प्रदान गरिरहेको छ।
इजरायलले गाजामा भीषण आक्रमण जारी राख्ने र उत्तरी गाजा र गाजा शहरमा जमिन आक्रमण जारी राख्ने सेनाको भनाई छ। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा १० हजार मानिसको मृत्यु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड