भरतपुर महानगरको ग्रामीण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु

चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार (आज) वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो ।
ग्रामीण अभियानको एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गरेकी छन् । भरतपुरमा ६५० किमी सडक कालोपत्रे भइसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
वृक्षारोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षरोपणलाई अगाडि बढाइने उल्लेख गरिन् । उनले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षरोपणमा सहयोग गर्न अपिल गरिन् । सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताइन् ।
कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षरोपण तथा सरसफाइ गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताए । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गरे ।
लक्ष्मी सनराइज बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत बिरुवा तथा रिङ उपलब्ध गराएको थियो । भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत् सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्दै आइरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।
यस्तै, भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गरिन् । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रवर्द्धन तथा सरसफाइ कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी