राजेश हमालको ‘मधु मस्ती’ पोष्टमा फ्यानको प्रश्न–कुन दुनियाँमा हो र ?

काठमाडौँ । गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुर्याएको छ । थुप्रै घर भत्किएको भूकम्पमा डेढसय बढीले ज्यान गुमाएका छन्, भने हजारौँ घाइते छन् ।
यस्तो अवस्थामा राजनीतिक दल, कार्यकर्तादेखि समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु भूकम्प पीडितको घाउमा मल्हम लगाउन तल्लीन छन् । अधिकांशले सामाजिक सञ्जाल भूकम्प पीडितका लागि सहयोगमा रंगाएका छन् ।
तर, नेपाली फिल्म क्षेत्रका कलाकार राजेश हमालको सामाजिक सञ्जाल भने ‘मधु मस्ती’ले भरिएको छ । हमालले शनिबार ‘मधु मस्ती’ भन्दै पत्नीसहितको केही तस्बिर पोस्ट गरेका थिए । देश दुखी भएको समय हमालको उक्त पोष्टले फ्यानलाई दुखी बनाएको छ । त्यसैले उनको पोष्टमा फ्यानले सकारात्मक भन्दा नकारात्मक कमेन्ट बढी गरेका छन् ।
भुपेन्द्र बस्नेत नामक फ्यानले राजेशलाई कुन दुनियाँमा होर भनेर प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘सिंङ्गो देश शोकमा डुबेको बेला फेरि यो कस्तो मस्ती । कुन दुनियाँमा हो र ?, सारा नेपाली त शोकमा छन् ।’
त्यस्तै संकल्प चन्द ठकुरीले लेखेका छन्, ‘देश महाविनाशकारी भूकम्पले रोएको छ । यता हाम्रो देशका आइकनहरुको मनोदशा यस्तो छ ।’
प्रकाश न्यौपानेले लेखेका छन्, ‘पुरै देश शोकाकुलमा भैराको बेला कस्तो मस्ती गर्न मन लाको हो त ? मानवता कता गयो होला ?’
हरिचन्द्र बहादुर बोहोराले हमाललाई सहयोगमा जुट्न आग्रह गर्दै लेखेका छन्, ‘देशमा शोक मनाई रहदा तपाई मस्ती तिर दाजु । सकिन्छ सहयोग गरौँ महानायक राजेश हमाल दाइ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म