लागूऔषधसहित हेटौँडा र पोखराबाट पाँच जना पक्राउ

काठमाडौँ । हेटौँडा र पोखराबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश घर भएका २४ वर्षीय रजनिस सिङ रहेका छन् । प्रहरी चौकी रातोमाटे समेतबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता कास्कीको पोखरा महानगरपालिका-२१ कश्यारघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय आशिष सुनार समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले सुनारको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला परी तीनै जनालाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार