मीनबहादुर गुरुङद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण
सोमबार, २० कात्तिक २०८०, ०९ : १८
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका थिए । सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे । निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनपछि बेपत्ता बालकको शव फेला
-
गणेश रसिकलाई ३० वटा संस्थाबाट सामूहिक अभिनन्दन
-
जनमतका प्रदेश सांसदले एक दिनको तलब भत्ता बाढी पहिरो पीडितलाई दिने
-
मुख्यमन्त्री लामाद्वारा भक्तपुर अस्पताल अनुगमन
-
प्रधानन्यायाधीश राउतविरुद्धका ६ उजुरी : श्रीमतीको झगडियादेखि हत्या आरोपितलाई छाडेकोसम्म आरोप
-
तीन दिनअघि नै खुल्यो रुट परमिट