शीर्ष स्थानमा उक्लिने अवसर गुमायो रियलले

स्यान्टियागो बर्नेबेउ । आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।
रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् ।
रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि रहेको छ ।
एल क्लासिकोका हिरो खेलको बेलिङह्याम पहिलो हाफमा घाइते भएका थिए । उपचारपछि उनी मैदानमा फर्किए पनि गोल भने गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो चट्याङ ? चट्याङ लागेर किन मान्छे मर्छन् ? | श्रीराम शर्मा - चट्याङविद्
-
राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै
-
वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँ : महाशाखा
-
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
-
२१ महिनामा कर्णालीमा बन्यो ६५ पुल
-
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित