मुगु पुगेर सीआईबीद्वारा सामूहिक हत्याको अनुसन्धान सुरु
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ । यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो । घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सीआईबी टोली मुगु पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । सीआईबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ । घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ ।
यता छायानाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सीआईबीको प्रवेशले नयाँ आशा पलाएको बताए । उनले भने, 'सीआईबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको एक टोलीले अनुसन्धान गरिरहेका थिए ।' घटनास्थल अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ । 'सीआईबी टोली मुगु पुगेपछि केही आशा जगाएको छ', अध्यक्ष रावलले भने । घटनाका बारेमा विस्तृत बुझ्नका लागि कर्णाली प्रदेशका डिआईजी भीमप्रसाद ढकाल आफैँ जिल्ला पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना