पोखराबाट पनि ६ जना जुवाडे पक्राउ
आइतबार, १९ कात्तिक २०८०, १६ : ३४

पोखरा । तास खेलिरहेको अवस्थामा पोखराबाट ६ जना जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले आइतबार पोखरा ४ मानवअधिकार चोकस्थित यमबहादुर गुरुङले सञ्चालन गरेको किराना पसलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १५ रामबजारका ३२ वर्षीय यमबहादुर गुरुङ, पोखरा १० फूलबारीका ३६ वर्षीय भोजबहादुर गुरुङ, राबजारकै गुमान गुरुङ छन् । यस्तै, पोखरा १ बगरका ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटनका ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारिपाटनकी ४० वर्षीय शान्ति गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४६ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ । सबैलाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू